निको आथाङ तुनमुन समाजको नियमित बैठक सम्पन्न, मासिक बैठक सञ्चालन गर्ने महत्वपूर्ण निर्णय ।।।
2026-07-17वडा सदस्यको उदाहरणीय पहल: कानुनी पहिचानसँगै सम्मिरे दमाईले पाए नागरिकता ।।।
2026-07-17
लहानको व्यापारिक क्षेत्रका उदारवादी नेतृत्व विकास शारदा ।।।
लहानको व्यापारिक क्षेत्रका उदारवादी नेतृत्व विकास शारदा ।।।
थाङमिचागु डटकम संवाददाता

संवाददाता,माघ ११ । सिराहा जिल्लाको लहानमा आफ्नो कार्य क्षेत्र बनाएका विकास शारदा एउटा बौद्धिक, चिन्तनशील, भद्र , दूरदर्शी र लोकप्रिय व्यक्तित्व मानिन्छन् ।
लहानको व्यापारिक क्षेत्रका उदारवादी नेतृत्व उनको हातमा आएपछि लाहानमा एतिहासिक व्यापारिक मेलाको आयोजना गरेर यहाँका धार्मिक , सांस्कृतिक, आर्थिक र सामाजिक वृत्तमा उनले दिएको योगदान लहानको इतिहासमा स्मरणयोग्य रहेको छ ।
स्थानिय जनमानसमा दिँदै आएको योगदानले लहानको हरेक पक्षमा उनको नाम अग्रणी स्थानमा रहेको छ । राजनीतिक,सामाजिक ,आर्थिक,धार्मिक लगायत समाजका हरेक क्षेत्रमा उनको योगदान जोडिएको छ ।
हसिलो अनुहार, मृदु भाषी र मिठासपूर्ण उनमा रहेको कोमलताले आजभोलि लाहानमा चर्चाको विषय बनेको छ ।
उनी एउटा बौद्धिक क्षमता र तर्कका धनी व्यक्तित्व भएको कारण लहानको समग्र विकासमा उनको भूमिका सनारणयोग्य रहेको छ ।





