नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
लहान नगरपालिकाका मेयर चौधरीद्वारा न्यानो कपडा ब्ल्यांकेट वितरण ।।।
लहान नगरपालिकाका मेयर चौधरीद्वारा न्यानो कपडा ब्ल्यांकेट वितरण ।।।
थाङमिचागु डटकम संवाददाता

लहान, माघ ११ – पछिल्लो समय तराई मधेसका जिल्लाहरूमा अत्यधिक चिसो र शीतलहरको प्रभाव परेको छ । यस चिसो मौसममा लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले विपन्न र असाहय परिवारलाई न्यानो कपडा ब्ल्यांकेट वितरण गरेर उनीहरूको सहयोग गरेका छन् ।
एक औपचारिक कार्यक्रमको आयोजना गर्दै मेयर चौधरीले लहान नगरपालिका वडा नं. १३ स्थित घले टोलमा ७० जना गरीब, असाहय, जेष्ठ नागरिक र अन्य प्रभावित व्यक्तिहरूलाई न्यानो कपडा ब्ल्यांकेट वितरण गर्नुभएको हो । स्थानीय सन्दर्भमा यस सहयोगले उनीहरूको जाडोबाट सुरक्षा हुने आशा गरिएको छ ।
कार्यक्रममा बुद्धिजीवी, समाजसेवी, पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू र स्थानिय नागरिकहरूको सहभागिता रहेको थियो ।
विकास केन्द्रित दृष्टिकोण राख्ने मेयर चौधरीले यस अघि पनि गाउँ टोल अभियान सञ्चालन गर्दै आम जनताको राय र भावनाको कदर गर्दै समसामायिक मुद्दामा आधारित सार्वजनिक सुनुवाई कार्यक्रमहरू आयोजना गरेका थिए । यस अभियानले स्थानियहरूको मनमा सकारात्मक असर छोडेको छ, र उनीहरूले मेयर चौधरीको नेतृत्वलाई योग्य र समर्पित मान्दै यसको अझ सफलताका लागि शुभकामना दिएका छन् ।





