दिपजङ साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा सम्पन्न

0Shares

दिपजङ साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा सम्पन्न

थाङ्मीचागु डटकम सम्बादाता १० माघ बिहिवार २०८१

दोलखा कालिञ्चोक गाउँपालिका–१, क्याम्पोलमा अवस्थित दिपजङ साना किसान कृषि सहकारी संस्था लिमिटेडको चौथो साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। सहकारीको अध्यक्ष कर्ण बहादुर थामीको अध्यक्षतामा सम्पन्न कार्यक्रम कालिञ्चोक गाउँपालिकाका उपाध्यक्ष कुल बहादुर बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा नामसालिङ सामुदायिक विकास केन्द्र दोलखाका जिल्ला संयोजक राजन क्षेत्रीको विशेष आतिथ्य तथा वडा अध्यक्ष पदम बहादुर थामीको आतिथ्य रहेको थियो। सभामा २२५ जना शेयर सदस्यहरूको उपस्थिति रहेको थियो।

साधारण सभामा सहकारीको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै आगामी कार्ययोजनाबारे विस्तृत छलफल गरिएको थियो। सभामा कृषि क्षेत्रलाई थप सुदृढ बनाउने, किसानहरूको आयआर्जन बढाउने र सहकारीको प्रभावकारिता विस्तार गर्ने निर्णयहरू पारित गरियो।

कृषि प्राविधिक अस्मिता बस्नेतका अनुसार सहकारीले आगामी दिनमा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न नयाँ योजनाहरू अघि सार्दै आधुनिक प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्नेछ।

कार्यक्रममा प्रमुख अतिथि कुल बहादुर बुढाथोकीले सहकारीहरूले ग्रामीण विकास र कृषि क्षेत्रको सशक्तिकरणमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

विशेष अतिथि राजन क्षेत्रीले सहकारीको निरन्तर प्रगति र सुदृढीकरणका लागि दीर्घकालीन योजना र सामूहिक प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष कर्ण बहादुर थामीले सहकारीको प्रगतिमा सबै शेयर सदस्यहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सहयोग र सहकार्यको लागि आभार प्रकट गर्नुभयो।

यस साधारण सभाले सहकारीमार्फत स्थानीय कृषि क्षेत्रको विकासमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ।


थाङ्मीचागु डटकम,

Leave a Reply

Your email address will not be published. Required fields are marked *