सुनुवार सेवा समाजद्वारा ६ विद्यार्थीलाई ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान ।।।
2026-11-17मानव बेचबिखन विधेयक परिमार्जन गर्न सांसदहरूको माग, ‘वेश्यागमन’ शब्द हटाउन सुझाव ।।।
2026-11-17
Tuesday, November 17, 2026
कालिञ्चोकमा आगलागी : घर र पसलका सामान जलेर नष्ट, ३० हजार नगद पनि खरानी ।।।
कालिञ्चोकमा आगलागी : घर र पसलका सामान जलेर नष्ट, ३० हजार नगद पनि खरानी
१७ नोभेम्बर २०२६, मंगलबार | संवाददाता : थाङ्मीचागु डटकम
दोलखा। दोलखाको कालिञ्चोक गाउँपालिका–९ स्थित खड्का टोलमा विद्युत् सर्ट भएर आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
बिहीबार दिउँसो करिब २:३० बजे भएको आगलागीबाट गोपाल प्रसाईंको घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा तथा खुद्रा पसलका सम्पूर्ण सामान जलेर नष्ट भएका छन्। आगलागीमा घरमा राखिएको ३० हजार रुपैयाँ नगदसमेत जलेको प्रारम्भिक विवरण छ।
स्थानीयवासीको सक्रियतामा आगो निभाउने प्रयास गरिएको थियो। करिब डेढ घण्टापछि अपराह्न ४ बजे आगलागी नियन्त्रणमा आएको जनाइएको छ।
आगलागीबाट ठूलो आर्थिक क्षति भए पनि क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ।




