सुनुवार सेवा समाजद्वारा ६ विद्यार्थीलाई ९० हजार रुपैयाँ छात्रवृत्ति प्रदान ।।।
2026-11-17मानव बेचबिखन विधेयक परिमार्जन गर्न सांसदहरूको माग, ‘वेश्यागमन’ शब्द हटाउन सुझाव ।।।
2026-11-17
मानव बेचबिखन विधेयक परिमार्जन गर्न सांसदहरूको माग, ‘वेश्यागमन’ शब्द हटाउन सुझाव ।।।
मानव बेचबिखन विधेयक परिमार्जन गर्न सांसदहरूको माग, ‘वेश्यागमन’ शब्द हटाउन सुझाव
१७ नोभेम्बर २०२६, मंगलबार संवाददाता : थाङ्मीचागु डटकम
काठमाडौं। मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानुनलाई थप परिमार्जन गरी पीडितमैत्री बनाउन सांसदहरूले माग गरेका छन्।
संसद्को महिला तथा सामाजिक मामिला समितिमा छलफलका क्रममा सांसदहरूले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ मा रहेका केही प्रावधान संशोधन गर्नुपर्ने सुझाव दिएका हुन्।
सांसदहरूले विधेयकमा प्रयोग गरिएको ‘वेश्यागमन’ शब्द हटाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले वैदेशिक रोजगारीको आवरणमा हुने मानव बेचबिखन, डिजिटल माध्यमबाट हुने शोषण, बालश्रम तथा अन्तरदेशीय संगठित अपराध नियन्त्रणका लागि स्पष्ट कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन्।
त्यस्तै, मानव बेचबिखन र मानव तस्करीलाई फरक प्रकृतिका अपराधका रूपमा व्याख्या गर्नुपर्ने, आन्तरिक बेचबिखन नियन्त्रणमा ध्यान दिनुपर्ने तथा बाल यौन शोषणमा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्ने सांसदहरूको सुझाव छ।
विधेयकमा प्रस्ताव गरिएको न्यूनतम सजाय घटाउने विषयमा समेत सांसदहरूले आपत्ति जनाएका छन्। उनीहरूले पीडितको न्याय र संरक्षणलाई प्राथमिकतामा राख्दै विधेयकलाई थप प्रभावकारी बनाउनुपर्ने बताएका छन्।




