दाेलखामा नेकपा एमालेकाे तीन महिने अभियान

0Shares

दाेलखा/ नेकपा एमाले, दोलखा जिल्ला कमिटीको पाचौँ बैठकले तय गरेकाे ‘ वडास्तरीय तीन महिने अभियान´ र `समृद्ध दोलखा, सुखी दोलखाली´ अभियानको कार्ययोजनालाई प्रभावकारी ढड्गले परिचालन गर्ने निर्णय गर्दै नेकपा एमाले जिल्ला कमिटी दोलखाको सचिवालयको दोस्रो बैठक सम्पन्न भएकाे छ।

बैठकले नेकपा एमालेले सम्पन्न गरेको मध्यपहाडी लोक मार्ग केन्द्रित समृद्धि यात्राको क्रममा सर्वदलीय राजनीतिक नेतृत्वबाट सम्माननीय प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली समक्ष पेश गरिएको मागहरुमध्ये चीन र भारत जोड्ने त्रिदेशीय उत्तर-दक्षिण लोकमार्ग (लामाबगर-भिट्टामोड) लाई राष्ट्रिय गौरवको योजनामा समावेश गरी बजेट विनियोजन गरेकोमा नेपाल सरकारलाई हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

बैठकले पार्टीको केन्द्रले घोषणा गरेकाे तीन महिने वडा केन्द्रित अभियानमा केन्द्र, प्रदेश, जिल्ला र पालिकास्तरका नेताहरू वडामा नै केन्द्रित हुने निर्णय गरेको छ । त्यसैगरी बैठकले माघ महिना भित्र पालिकाकाको बैठक सम्पन्न गरी वडा तहको कमिटी परिचालन गर्ने निर्णय गरेको एमाले दाेलखाका उपाध्यक्ष राजेन्द्र मानन्धरले बताए । अभियानको क्रममा वडास्तरीय कामको कार्ययोजना निर्माण, टोल कमिटी गठन, सदस्यता नवीकरण र सदस्यता विस्तारको अभियान थालनी, समृद्धिको खाकाको तयारी, युवा पुस्तालाई संगठित गर्दै प्रशिक्षणका नवीतम विधिहरूबाट प्रशिक्षण सञ्चालन गरेर अभियान पूरा गरिने उपाध्यक्ष मानन्धरकाे भनाई छ ।

सचिवालय बैठकमा नेकपा एमाले दोलखा जिल्ला कमिटीको पाचौँ बैठकले पारित गरेको १९ बुँदे समृद्ध दोलखा विकासको अठोटलाई कार्यान्वयन गर्न पहल थाल्ने प्रतिबद्धता जनाईएकाे छ। बैठकमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा दोलखा जिल्ला इन्चार्ज पार्वत गुरूङको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा दोलखाबाट प्रतिनिधित्व गर्ने बागमती प्रदेश कमिटीका सदस्यहरू र जिल्ला कमिटी सचिवालय सदस्यहरूले सुझाव दिनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *