ऊर्जा क्षेत्रमा लगानी प्रवर्द्धन गर्न कानुनी तथा नीतिगत सुधारको मस्यौदा अन्तिम चरणमा
2026-11-26थामी समुदायको मौलिक संस्कार र संस्कृति संरक्षणका लागि ‘शिङबोन’ सांस्कृतिक प्रस्तुति आज साँझ ५ बजे सार्वजनिक हुँदै।।।
2026-11-23लोकतान्त्रिक थामी सङ्घ नेपालको प्रथम राष्ट्रिय अधिवेशन तयारी तीव्र, च्यासलमा दोलखाली एमाले नेता–कार्यकर्ताको भेला सम्पन्न।।
2026-11-21
ऊर्जा क्षेत्रमा लगानी प्रवर्द्धन गर्न कानुनी तथा नीतिगत सुधारको मस्यौदा अन्तिम चरणमा
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

पूर्वाधार लगानी सम्मेलनको पूर्वसन्ध्यामा ऊर्जा क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले सरकारले विभिन्न ऐनमा आवश्यक संशोधन तथा कानुनी र नीतिगत सुधारको मस्यौदालाई अन्तिम रूप दिने तयारी गरेको छ।
यसैक्रममा आज कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी तथा प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालको उपस्थितिमा मस्यौदामाथि अन्तिम चरणको छलफल भएको छ।
ऊर्जा क्षेत्रमा लगानीको वातावरण सहज बनाउने, नीतिगत अवरोध हटाउने तथा कानुनी सुधारमार्फत लगानीको सम्भावनालाई व्यवहारमा रूपान्तरण गर्ने विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।
विकासको जग जमिनमा मात्र होइन, नीति र कानुनमा पनि बसाल्नुपर्नेमा जोड दिँदै सरकारले लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकता दिएको छ।




