नेपाल थामी समाज दोलखाको सातौँ जिल्ला अधिवेशनको भव्य तयारी तीव्र ।।।
2026-05-26मलेसियामा ‘आरटी गोल्ड कप २०२६’ को तयारी पूरा, १८ टोली उपाधिका लागि भिड्दै
2026-05-25मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18
शिक्षामा दूरगामी बन्दै मेयर चौधरी: लहानका सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमको नयाँ शुरुवात घोषणा ।।।
शिक्षामा दूरगामी बन्दै मेयर चौधरी: लहानका सरकारी विद्यालयमा अङ्ग्रेजी माध्यमको नयाँ शुरुवात घोषणा ।।।
थाङमिचागु डटकम संवाददाता

संवाददाता, माघ १२ – सिराहा जिल्लाको लहान नगरपालिकाले शिक्षा क्षेत्रमा नयाँ कदम चाल्दै छ । लहानका मेयर महेश प्रसाद चौधरीले आफ्नो नगरका ग्रामीण स्तरका सरकारी विद्यालयहरुमा अङ्ग्रेजी माध्यमबाट पठनपाठनको वातावरण निर्माण गर्ने उद्देश्यले विशेष अभियान सुरु गरेका छन् । यस अभियानको उद्देश्य विद्यालयको शैक्षिक स्तरलाई उकास्नु, विद्यार्थीहरूलाई भविष्यका चुनौतीहरूलाई सामना गर्न सक्षम बनाउनु रहेको छ ।
वर्तमान समयमा, सरकारी विद्यालयहरूमा शैक्षिक अवस्था कमजोर भईरहेको अवस्थामा मेयर चौधरीको यो कदमलाई स्थानीय समुदायबाट सकारात्मक प्रतिक्रियासँग स्वागत गरिएको छ । “हामीले शिक्षा र संस्कृतिको क्षेत्रमा धेरै काम गर्नुपर्ने देखिरहेका छौं । अहिलेको समयमा अङ्ग्रेजी माध्यमको शिक्षा अत्यन्त महत्वपूर्ण छ, जसले विद्यार्थीहरूलाई ग्लोबल प्रतिस्पर्धामा तयार गर्न मद्दत गर्नेछ,” मेयर चौधरीले भने ।
लहानको शैक्षिक क्षेत्रमा यो पहलले नयाँ दिशा दिने विश्वास गरिएको छ साथै यस कदमले शैक्षिक स्तर सुधार्दै ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई शिक्षा सँगै समग्र विकासमा सहभागी बनाउनका लागि मार्गको बाटो ससक्त रूपमा खोल्ने छ ।
मेयर चौधरीको नेतृत्वमा लहान नगरपालिकामा भईरहेका विकास कार्यहरूको प्रशंसा गर्दै स्थानीय जनताले उनीलाई एक दूरदर्शी र समर्पित नेता मानिरहेका छन् । उनका अनुसार, “शिक्षा नै समाजको आधार हो र हामीले यसलाई समृद्धिको लागि सबैभन्दा महत्त्वपूर्ण तत्वको रूपमा हेरिरहेका छौं ।”
धेरै रोकावटका बाबजुद, मेयर चौधरीले निरन्तर विकास र समृद्धिको मार्गमा अघि बढिरहेको छ । उनका कार्य र दृष्टिकोणले स्थानीय जनताको मनमा एउटा नयाँ विश्वास र आशा जागृत गरेको छ ।





