ईलाममा श्रम संस्कृति पार्टीद्वारा सामूहिक धान रोपाइँ, एक हजारभन्दा बढीको सहभागिता
2026-07-12राष्ट्रिय जनावर गाईको सट्टा गैँडा बनाउन आयोगको प्रस्ताव
2026-07-11
Sunday, July 12, 2026
दार्चुलाको हाईवे सडक बिस्तार गर्ने क्रममा आएको सुख्खा पहिरोमा परि घाईते को उद्धार
दार्चुलाको हाईवे सडक बिस्तार गर्ने क्रममा आएको सुख्खा पहिरोमा परि घाईते भएका चालकको उद्धार
थाङमिचागु डटकम संवाददाता

दार्चुला जिल्लाको महाकाली नगरपालिकाको वडा नं. ५ किम्तडीमा गोकुलेश्वर-दार्चुला राजमार्ग विस्तार गर्ने क्रममा सुख्खा पहिरो खसेको घटना भएको छ। सो पहिरोका कारण सडक निर्माण कार्यमा संलग्न चालक घाइते भएका छन्।
घटनापछि सुरक्षाकर्मीहरूले तिव्र गतिमा उद्धार कार्य सञ्चालन गरी घाइते चालकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन्। पहिरोका कारण सडक निर्माण कार्यमा अवरोध सिर्जना भएको छ भने स्थानीयवासी र यातायात सेवामा समस्या उत्पन्न भएको छ।
यस क्षेत्रको पहाडी भूगोल र भौगोलिक जोखिमका कारण यस्तो घटना बारम्बार हुने गर्दछ। स्थानीय प्रशासनले थप दुर्घटना नहोस् भनी सावधानी अपनाउने सुझाव दिएको छ।





