धनगढीमाई नगरपालिकाद्वारा ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यताका साथ मनाइयो ।।।

0Shares

धनगढीमाई नगरपालिकाद्वारा ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस भव्यताका साथ मनाइयो ।।।

थाङमिचागु डटकम संवाददाता

बद्री नारायण महतो, असोज १५, सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले ३४ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस “सम्मानित बुढ्यौली” मूल मर्मका साथ ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्दै भव्यताका साथ मनाएको छ । यस अवसरमा नगरपालिकाले समाजमा ज्येष्ठ नागरिकहरूको योगदानको कदर गर्दै उनीहरूको सम्मानका लागि विशेष कार्यक्रम आयोजना गरेको थियो ।

दिवसको अवसरमा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महतो र उपमेयर संगीता चौधरीले ज्येष्ठ नागरिकहरूलाई उपहार प्रदान गरेका थिए । मेयर महतोले कार्यक्रममा सम्बोधन गर्दै समाजमा ज्येष्ठ नागरिकहरूको भूमिका अमूल्य रहेको र उनीहरूलाई सम्मान गर्नु हाम्रो सांस्कृतिक मूल्य र परम्पराको अभिन्न हिस्सा भएको बताए । उनले नगरपालिकाले ज्येष्ठ नागरिकहरूको हकहितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको उल्लेख गर्दै आगामी दिनमा पनि उनीहरूको जीवनस्तर सुधार्न प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधिहरू, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, नगरका कर्मचारीवर्ग लगायत स्थानीय समुदायको समेत उपस्थिति रहेको थियो । सहभागीहरूले ज्येष्ठ नागरिकहरूको योगदानको कदर गर्दै उनीहरूको सम्मान र समर्थनमा निरन्तर काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका क्रममा ज्येष्ठ नागरिकहरूले आफ्ना अनुभवहरू साझा गर्दै समाजमा आफूहरूको सम्मानको महत्त्वबारे चर्चा गरे । उनीहरूले आफ्नो अनुभव र ज्ञानबाट नयाँ पुस्तालाई लाभ पुग्ने विश्वास व्यक्त गर्दै ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्नु समाजको कर्तव्य भएको बताए ।

धनगढीमाई नगरपालिकाले ज्येष्ठ नागरिक दिवस मनाउनु समाजमा ज्येष्ठ नागरिकहरूको सम्मान र उनीहरूको आवश्यकता प्रति सचेतना बढाउनका लागि महत्त्वपूर्ण कदम भएको मानिएको छ । यस दिवसले समाजका सबै उमेरका व्यक्तिहरूलाई ज्येष्ठ नागरिकहरूप्रति जिम्मेवारी र कर्तव्यबोध गराउने महत्त्वपूर्ण सन्देश दिने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *