नेपाल हरित गृह कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामग्री वितरण
2026-08-26विपन्न तथा अपाङ्ग रत्नबहादुर जिरेललाई ३० हजार सहयोग
2026-08-26
Wednesday, August 26, 2026
विराटनगर–रानीमा सडकमा खुला छाडिएका १८ बाख्रा नगर प्रहरीको नियन्त्रणमा
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

विराटनगर । विराटनगर महानगरपालिका–रानी क्षेत्रमा सडकपेटी तथा सार्वजनिक स्थानमा खुला रूपमा छाडिएका १८ वटा बाख्रा नगर प्रहरीले नियन्त्रणमा लिएको छ ।
नगर प्रहरीले नियमित अनुगमनका क्रममा सडकमा जथाभावी छाडिएका बाख्रा फेला पारेपछि नियन्त्रणमा लिएको जनाएको छ । सडक तथा सार्वजनिक स्थानमा पशुचौपाया खुला छाड्दा सवारी आवागमनमा अवरोध हुनुका साथै दुर्घटनाको जोखिम बढ्ने भएकाले निगरानीलाई थप कडाइ गरिएको नगर प्रहरीको भनाइ छ ।
नियन्त्रणमा लिइएका बाख्रालाई हाल नगर प्रहरीको संरक्षणमा राखिएको छ । महानगरपालिकाले सम्बन्धित धनीलाई आवश्यक पहिचान खुल्ने प्रमाणसहित नगर प्रहरीसँग सम्पर्क गरी आफ्ना बाख्रा बुझेर लैजान आग्रह गरेको छ ।
सडक तथा सार्वजनिक स्थानमा पशुचौपाया खुला रूपमा नछाड्नसमेत महानगरपालिकाले पशुधनीलाई आग्रह गरेको छ ।




