नेपाल हरित गृह कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामग्री वितरण
2026-08-26विपन्न तथा अपाङ्ग रत्नबहादुर जिरेललाई ३० हजार सहयोग
2026-08-26
वन्यजन्तुले मकैबाली नष्ट गरेपछि किसानको क्षति अनुगमन गर्दै वडा कार्यालय
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

भदौ ९, अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–८ का विभिन्न स्थानमा जंगली वन्यजन्तु बदेल र बाँदरले किसानले लगाएको मकैबाली नष्ट गरेपछि वडा कार्यालयले क्षतिको स्थलगत अनुगमन थालेको छ।
वन्यजन्तुले पुर्याएको क्षतिको विवरण संकलन गरी आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने उद्देश्यले वडा कार्यालय र अर्घातोष प्रहरी चौकीको संयुक्त टोलीले प्रभावित क्षेत्रका बारीमा पुगेर अनुगमन गरेको हो।
अनुगमनका क्रममा वन्यजन्तुले क्षति पुर्याएको मकैबालीको अवस्था तथा किसानको क्षतिको विवरण संकलन गरिएको जनाइएको छ। वडा कार्यालयले संकलित विवरणका आधारमा किसानलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया अघि बढाउने जनाएको छ।
मकैबालीमा वन्यजन्तुको आक्रमण बढ्दै गएपछि स्थानीय किसानहरू चिन्तित बनेका छन्। किसानहरूले मेहनत गरेर लगाएको बाली संरक्षणका लागि प्रभावकारी पहल गर्न तथा भएको क्षतिको उचित क्षतिपूर्ति उपलब्ध गराउन स्थानीय सरकारसँग माग गरेका छन्।




