मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
राप्रपा सिरहाको जिल्ला अधिवेशनको तयारी तीव्र १६ गते अधिवेशन हुने
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिरहाले आगामी १६ गते हुने जिल्ला अधिवेशनको पूर्वतयारीलाई तीव्रता दिएको छ।
जिल्ला अधिवेशनलाई व्यवस्थित, निष्पक्ष र सफल रूपमा सम्पन्न गर्ने विषयमा राप्रपा सिरहाका अध्यक्ष शम्भु यादव, जिल्ला निर्वाचन समितिका अध्यक्ष नयनबहादुर मोक्तान तथा निर्वाचन समिति सदस्य उद्धव अधिकारीबीच छलफल तथा समीक्षा गरिएको छ।
छलफलका क्रममा अधिवेशनको तयारी, निर्वाचन व्यवस्थापन तथा आवश्यक समन्वयका विषयमा समीक्षा गर्दै अधिवेशनलाई प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक तयारी अघि बढाइएको जनाइएको छ।
राप्रपा सिरहाले १६ गते हुने जिल्ला अधिवेशनलाई पार्टी संगठन सुदृढीकरण तथा आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ।





