नेपाल हरित गृह कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामग्री वितरण
2026-08-26विपन्न तथा अपाङ्ग रत्नबहादुर जिरेललाई ३० हजार सहयोग
2026-08-26
Wednesday, August 26, 2026
पृथ्वी राजमार्ग (नागढुंगा सडक) पुन: दुई घण्टाका लागि बन्द
पृथ्वी राजमार्ग (नागढुंगा सडक) पुन: दुई घण्टाका लागि बन्द
थाङमिचागु डटकम संवाददाता

१५ असोज, काठमाडौं— पृथ्वी राजमार्ग (नागढुंगा सडक) पुन: दुई घण्टाका लागि बन्द गरिएको छ। १२ असोजको बाढीपहिरोपछि आंशिकरूपमा सञ्चालनमा आएको सडकलाई पूर्णरूपमा खुलाउनका लागि झ्याप्ले खोलामा आएको पहिरो हटाउने काम भइरहेकाले दिउँसो २ बजेसम्मका लागि सडक बन्द गरिएको हो।
प्रहरीले लामो यात्रामा निस्कनु पर्ने यात्रुहरूलाई नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरी आवश्यक जानकारी लिन अनुरोध गरेको छ। सोमबारदेखि आंशिक रूपमा सञ्चालनमा रहेको सडक पहिरोका कारण प्रभावित भएको थियो, जसले गर्दा ठूलो मानवीय क्षति पनि भएको थियो।





