नेपाल हरित गृह कार्यक्रम अन्तर्गत कृषकलाई कृषि सामग्री वितरण

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

दोलखा । नेपाल सहायता फाउन्डेसनको आर्थिक सहयोग तथा कालिञ्चोक एकीकृत सामुदायिक विकास केन्द्रको साझेदारीमा सञ्चालित नेपाल हरित गृह कार्यक्रम अन्तर्गत कृषकहरूलाई विभिन्न कृषि सामग्री वितरण गरिएको छ।

कार्यक्रममार्फत कृषकहरूको कृषि उत्पादनमा वृद्धि, व्यावसायिक खेती प्रवर्द्धन तथा आयआर्जनमा सहयोग पुर्‍याउने उद्देश्यले आवश्यक कृषि सामग्री उपलब्ध गराइएको हो।

कृषि सामग्री पाएपछि कृषकहरूलाई खेतीपातीमा सहजता हुनुका साथै उत्पादन लागत घटाउन र उत्पादन तथा उत्पादकत्व बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमले स्थानीय कृषकलाई आधुनिक तथा दिगो कृषि प्रविधितर्फ आकर्षित गर्दै कृषि क्षेत्रलाई थप व्यावसायिक बनाउन योगदान पुर्‍याउने आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *