मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
विपन्न तथा अपाङ्ग रत्नबहादुर जिरेललाई ३० हजार सहयोग
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

दोलखा । जिरी नगरपालिका–६ चेप्टेका आर्थिक रूपमा विपन्न तथा अपाङ्ग रत्नबहादुर जिरेललाई ३० हजार रुपैयाँ सहयोग गरिएको छ।
जिरी नगरपालिका–७ का वडा अध्यक्ष शान्त नेपालीको पहलमा हाल अमेरिकामा रहेका जिरी–७ निवासी समाजसेवी प्रमोद खड्काले जिरेलका लागि उक्त रकम सहयोग गरेका हुन्।
सहयोग रकममध्ये १५ हजार रुपैयाँ बराबरको खाद्यान्न जिरेललाई उपलब्ध गराइएको छ। बाँकी १५ हजार रुपैयाँ उनको औषधि उपचारका लागि आकाशदीप सहकारी संस्थामा जम्मा गरिने वडा अध्यक्ष नेपालीले जानकारी दिए।
आर्थिक अवस्था कमजोर रहेका जिरेलको दैनिक जीवनयापन तथा उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बताइएको छ।





