थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
कालिन्चोक गाउँपालिका-१ का १३ जना कृषकलाई प्लास्टिक टनेल वितरण, आधुनिक कृषि प्रविधिमा जोड
कालिन्चोक गाउँपालिका-१ का १३ जना कृषकलाई प्लास्टिक टनेल वितरण, आधुनिक कृषि प्रविधिमा जोड

मङ्गलवार १५ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता
कालिन्चोक गाउँपालिका-१, असोज १५ – नामसालिङ सामुदायिक विकास केन्द्र र कालिन्चोक एकीकृत सामुदायिक विकास केन्द्रद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत कालिन्चोक गाउँपालिका-१ का १३ जना कृषकलाई प्लास्टिक टनेल वितरण गरिएको छ। यो कार्यक्रम क्लाइमेट स्मार्ट कृषि प्रविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

दिपजङ साना किसान कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष कर्न थामीको उपस्थितिमा, वडा अध्यक्ष पदम थामीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो। क्याम्पोलस्थित सहकारी कार्यालयमा सम्पन्न कार्यक्रममा १३ जना कृषकहरुलाई प्रतिव्यक्ति १/१ वटा प्लास्टिक टनेल वितरण गरियो। टनेलमा विभिन्न प्रकारका तरकारी खेती गर्न प्रोत्साहित गर्दै, यसले उत्पादन बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा कृषि प्राविधिक अस्मिता बस्नेतले प्लास्टिक टनेलमा कसरी तरकारी खेती गर्ने, विभिन्न मौसम अनुसार कसरी बाली लगाउने भन्नेबारेमा कृषकहरुलाई विस्तृत प्राविधिक प्रशिक्षण दिइन्। उनले बाली पात्रोको आधारमा खेती गर्नुपर्ने र यसले उत्पादनमा सुधार ल्याउने बताइन्।

“कृषकहरुलाई क्लाइमेट स्मार्ट कृषि प्रविधिमार्फत वातावरणमैत्री र आर्थिकरुपमा फाइदा हुने खेतीका उपायहरु सिकाइएको छ,” बस्नेतले बताइन्। यस अभियानले कृषकहरुको आर्थिक अवस्था सुधार गर्न मात्र नभई, उनीहरुलाई आधुनिक कृषि प्रविधिमा अभ्यस्त गराउने लक्ष्य लिएको छ।

कार्यक्रममा सहभागी कृषकहरुले प्लास्टिक टनेलमार्फत खेती गर्न उत्साहित महसुस गरेका छन्। यसले उनीहरुको उत्पादन क्षमता वृद्धि गर्दै बजारमा ताजा तरकारीको माग पूर्ति गर्न योगदान पुर्याउने अपेक्षा गरिएको छ।

(स्रोत: thangmichagu.com)




