मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
बलात्कार कहिल्यै स्वीकार्य र सामान्य हुन सक्दैन कानूनमन्त्री गौतम
थाङमिचागु डटकम संवाददाता
थाङमिचागु चरिकोट दोलखा

काठमाडौं । कानूनमन्त्री सोबिता गौतमले बलात्कारजस्तो जघन्य अपराधलाई कुनै पनि अवस्थामा स्वीकार्य वा सामान्य मान्न नसकिने बताएकी छन्।
मन्त्री गौतमले विद्यमान कानुनी व्यवस्थाको पुनरावलोकन गरी पीडितलाई न्याय दिलाउने र दोषीलाई कानुनी दायरामा ल्याउने व्यवस्था थप प्रभावकारी बनाइने बताइन्।
उनले बलात्कार तथा यौन हिंसाका घटनामा राज्य संवेदनशील र जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै यस्ता घटनाको रोकथाम तथा पीडितको न्यायका लागि आवश्यक कानुनी सुधार गरिने स्पष्ट पारिन्।
मन्त्री गौतमको भनाइ पछिल्लो समय बढ्दै गएका महिला तथा बालबालिकामाथिका हिंसाका घटनाप्रति सरकारको गम्भीरता झल्काउने रूपमा हेरिएको छ।





