अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
2026-08-24बाचापत्रअनुसार काम हुन्छ ढुक्क हुनुहोस् मन्त्री प्रतिभा रावल
2026-08-24
अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
अनेमसंघ दोलखाको ९औँ पूर्ण बैठक सम्पन्न, संगठन सुदृढीकरणसँगै महिला सशक्तीकरणमा जोड
थाङ्मीचागु डटकम | ७ भदौ २०८३, आइतबार
दोलखा । अखिल नेपाल महिला संघ (अनेमसंघ) दोलखाको ९औँ पूर्ण बैठक संगठन सुदृढीकरण तथा महिला सशक्तीकरणका विभिन्न विषयमा छलफल गर्दै सम्पन्न भएको छ।
अनेमसंघ दोलखाका अध्यक्ष मेनुका सुवेदीको अध्यक्षतामा सम्पन्न बैठकमा अनेमसंघ स्थायी कमिटी सदस्य शारदा राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। बैठकमा अनेमसंघ केन्द्रीय सदस्यहरू उर्मिला थामी, शान्तिकुमारी तामाङ र कालिका पाठकको विशेष उपस्थिति रहेको थियो।
बैठकमा बागमती प्रदेश सचिवालय सदस्य गोमा केसी र मैना नेपाली, नेकपा (एमाले) दोलखाकी उपसचिव तथा भीमेश्वर नगरपालिकाकी उपप्रमुख कमला बस्नेत, अनेमसंघ पूर्व बागमती प्रदेश कमिटी सदस्य पार्वती खड्का, जिल्ला सल्लाहकार कमिटी सदस्य गायत्री आचार्य तथा पार्वती कार्कीलगायतको सहभागिता रहेको थियो।
बैठकमा अनेमसंघको सांगठनिक गतिविधिलाई थप प्रभावकारी बनाउने, संगठन विस्तार तथा सुदृढीकरण गर्ने, महिलाको राजनीतिक एवं सामाजिक सहभागिता बढाउने र महिला अधिकारका सवाललाई सशक्त रूपमा उठाउने विषयमा छलफल भएको थियो।
महिला नेतृत्व विकास, समान अवसर, अर्थपूर्ण सहभागिता तथा सशक्तीकरणलाई प्राथमिकतामा राख्दै संगठनलाई थप व्यवस्थित, गतिशील र जनमुखी बनाउने निष्कर्षसहित बैठक सम्पन्न भएको अनेमसंघ दोलखाले जनाएको छ।
बैठकले आगामी दिनमा महिलाको नेतृत्व विकाससँगै राजनीतिक, सामाजिक तथा सांगठनिक क्षेत्रमा महिलाको सक्रिय सहभागिता बढाउन आवश्यक कार्यक्रम तथा गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।




