मलेसिया जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षण अब पनि सीमित स्वास्थ्य संस्थाबाट मात्रै हुने भएको छ ।
2026-05-18उभौली पर्व (भूम्या पूजा) थाङ्मी समुदायको मौलिक संस्कृति, पहिचान र एकताको भव्य उत्सव बिगु–८ थाङ्मीचागु तुन्बोन डन्डीमा आयोजना हुने
2026-05-07लिपुलेक विवादः नेपालको दाबीमा भारतको अस्वीकार, ‘ऐतिहासिक आधारहीन’ जिकिर, संवादका लागि खुला रहेको संकेत
2026-05-04
विगु गाउँपालिका ८ साबिक १/२ थाङ्मीचागुमा बालविवाह बढ्दै सरोकारवाला निकाय मौन कानमा तेल हालेर बस्नु भएको छ ।।।
विगु गाउँपालिका ८ साबिक १/२ थाङ्मीचागुमा बालविवाह बढ्दै सरोकारवाला निकाय मौन कानमा तेल हालेर बस्नु भएको छ ।।।
भदौ २०। दोलखाको विगु गाउँपालिका”८ साबिक १/२ थाङ्मीचागुमा यतिबेला तिब्र रुपमा बालविवाह बढ्दै गएको अवस्था रहेको छ ।
विगु गाउँपालिकाको वाडा न ८ साबिक १/२ थाङ्मीचागुमा एकल जातीय समुदाय रहेको यस वडामा बालविवाह बढ्दै गर्दा पनि सरोकारवाला निकाय मौन देखिएको छ ।
गरिबी , अशिक्षा र बेरोजगारीले पिरोलिएको यस वडाका साबिक १/२ थाङ्मीचागु बस्तीहरूमा अधिकांश युवाहरू वैदेशिक रोजगारीका क्रममा मुलुक बाहिर रहेको र स्थानिय निकायबाट बालविवाह न्यूनीकरणका लागि कुनै चेतना मुलक कार्यक्रम सञ्चालन नगरेकोले अभिभावकलाई अटेर गर्ने स्थानिय युवा युवतीहरु उमेर नपुगी भागेर वैवाहिक जीवनमा बाधिएको अवस्थाहरू रहेकोले तत्काल निकायको ध्यानाकर्षण हुनु जरुरी रहेको छ ।
वडामा थाङ्मी समुदायको बाहुल्यता रहेको कारणले पनि आफूहरुलाई उपेक्षित गर्दै जनप्रतिनिधिहरु आफू खुशी विकास योजनाको छनौट गर्दा आफूहरु अन्यायमा परेको स्थानिय जेखा बुबु थाङ्मीले बताउनु हुन्छ ।






