मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
धनुषा प्रहरीले चोरी भएको मोबाइल र नगद फेला पारी सम्बन्धित धनीलाई बुझायो
थाङमिचागु डटकम संवाददाता
थाङमिचागु चरिकोट दोलखा

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषामा परेको चोरीसम्बन्धी निवेदनका आधारमा प्रहरीले अनुसन्धान तथा खोजतलास गरी चोरी भएको मोबाइल फोन र नगद रकम फेला पारेको छ।
मिति २०८३/०४/११ गते चोरीसम्बन्धी निवेदन प्राप्त भएपछि प्रहरीले घटनाबारे अनुसन्धान तथा खोजतलास अघि बढाएको थियो।
अनुसन्धानका क्रममा फेला परेको मोबाइल फोन तथा नगद रकम आज मिति २०८३/०५/०८ गते सम्बन्धित धनीलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीले चोरी तथा अन्य आपराधिक गतिविधिविरुद्ध अनुसन्धान र खोजतलासलाई थप प्रभावकारी बनाउँदै जाने जनाएको छ।





