नेपालमै बनेको हाइब्रिड रकेट पहिलोपटक आकाशमा परीक्षण हुँदै

0Shares

धनुषाबाट आगामी बिहीबार साउन्डिङ रकेट प्रक्षेपण गर्ने तयारी

थाङमिचागु डटकम संवाददाता
थाङमिचागु चरिकोट दोलखा

धनुषा । नेपाली स्पेस टेक स्टार्टअप ‘म्याक २४ अर्बिटल’ले आगामी बिहीबार धनुषाबाट साउन्डिङ रकेट प्रक्षेपण गर्ने तयारी गरेको छ। नेपालमै विकास गरिएको हाइब्रिड रकेट इन्जिनलाई पहिलोपटक आकाशमा परीक्षण गर्न लागिएको हो।

कम्पनीका अनुसार प्रारम्भिक परीक्षणका क्रममा रकेटलाई करिब १ किलोमिटर उचाइसम्म पुर्‍याउने लक्ष्य राखिएको छ। रकेटको इन्जिन क्षमता, उडान स्थिरता तथा प्राविधिक प्रणाली परीक्षणका लागि यो प्रक्षेपणलाई महत्वपूर्ण चरणका रूपमा लिइएको छ।

प्रारम्भिक परीक्षण सफल भएमा कम्पनीले आगामी डेढ वर्षभित्र रकेटलाई २० किलोमिटर उचाइसम्म पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।

दीर्घकालमा भने १०० किलोमिटरसम्मको साउन्डिङ रकेट विकास गर्ने तथा ५०० वटा स्याटलाइट प्रक्षेपण गर्ने महत्वाकांक्षी योजना कम्पनीले अघि सारेको छ।

नेपालमै रकेट प्रविधिको विकास र परीक्षणतर्फ अघि बढेको यो प्रयासले देशको उदीयमान अन्तरिक्ष प्रविधिको क्षेत्रमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *