ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन

0Shares

थाङमिचागु डटकम संवाददाता
थाङमिचागु चरिकोट दोलखा

भिम कुमार, दोलखा । बिगु गाउँपालिका–२ ओराङस्थित हार्चे भिरमा सडक सञ्चालनका लागि स्थलगत अनुगमन गरिएको छ। दुवैतर्फ सडकको पहुँच पुगे पनि बीचको भिरको भाग खोल्न नसक्दा सडक पूर्ण रूपमा जोडिन सकेको थिएन।

अब अपर पाँचौँ र बिगु गाउँपालिकाको संयुक्त लगानीमा हार्चे भिरको भाग खोल्ने तथा वडा कार्यालयसम्म सडक जोड्ने काम अघि बढाइने भएको छ।

वडा अध्यक्ष दीपक ठकुरीका अनुसार भिरको भाग खोलिएपछि सडक सञ्चालनमा आउने र स्थानीयवासीलाई आवतजावतमा थप सहज हुने अपेक्षा गरिएको छ।

स्थानीयस्तरमा सडक सञ्जाल विस्तार भएपछि दैनिक आवतजावतसँगै कृषि उत्पादन तथा अन्य आवश्यक सामग्रीको ढुवानीमा समेत सहजता हुने विश्वास गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *