४० दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड सञ्चालनमा
2026-08-25ओराङको हार्चे भिरमा सडक विस्तारका लागि अनुगमन
2026-08-24
शक्ति महिला सामुदायिक संस्थाका साथमा ताजपुरिया ।।।
शक्ति महिला सामुदायिक संस्थाका साथमा ताजपुरिया ।।।
विनोद मण्डल भदौ २०। मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा घरेलु हिंसाका घटना भइरहेको अवस्थामा महिलाहरुको दबिएको आवाजलाई बुलन्द गर्दै सिरहाको धनगढीमाई नगरपालिकामा शक्ति सामुदायिक संस्थाको स्थापना गरेर दबिएका आवाजलाई उठाउँदै छिन खुश्बू ताजपुरिया ।
विगत केही दिन देखि सामाजिक कार्यमा सक्रिय भई लागेका उनले स्थानिय स्तरमा सामाजिक कामहरू गर्दै आएकी छिन ।
विभिन्न विद्यालयहरूमा पुगेर विद्यार्थीहरुलाई चेतनामूलक कार्यक्रमहरू गरेर सामाजिक जोखिमबाट बच्ने र बचाउने ज्ञान एकातिर दिँदै आएकी छिन भने अर्कोतिर गर्भावस्थामा रहेको महिलाहरुलाई प्रशव तालिम दिंदै हर्लिक्स वितरण समेत गरेर चर्चाकी पात्र बनेकी छिन ताजपुरिया ।
हरियाली अभियानका साथै संभावित जोखिमबाट बच्न र बचाउनका लागि रक्तदान कार्यक्रम पनि सम्पन्न गरेकी छिन ।
धनगढीमाई नगरपालिकाको धनगढी बजारमा उपमेयर संगिता चौधरीको प्रमुख आथित्य र वाडा अध्यक्ष सरोज महतोको विशिष्ट आथित्यमा आयोजित रक्तदान कार्यक्रममा करिब दुई दर्जन बढीले रक्तदान गरेका थिए जसमध्ये ११ जना महिलाहरू रहेका थिए ।
“blood for nepal ” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा helping heart को सहकार्य , लाहान रेडक्रसको प्रविधिक सहयोग र शक्ति सामुदायिक महिला संस्था धनगढीमाईको आयोजना रहेको कार्यक्रम स्थानिय बजारको दुर्गा मन्दिर परिसरमा गरिएको थियो जहाँ २५ जनाले रक्तदान गरेका थिए ।






