तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

काठमाडौं । सरकारले तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका अनुसार मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वनसम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश र विपद्सम्बन्धी ऐनलाई संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्री पोखरेलले विपद्सम्बन्धी ऐनमा रहेको लामो समयदेखि बेपत्ता व्यक्तिलाई १२ वर्षपछि मात्र मृत घोषणा गर्न सकिने प्रावधान संशोधन गरी समयावधि छोट्याउने तयारी गरिएको जानकारी दिए।

तर, संशोधनपछि मृत घोषणा गर्न मिल्ने समयावधि कति कायम गर्ने भन्ने विषयमा भने सरकारले स्पष्ट जानकारी दिएको छैन।

प्रस्तावित अध्यादेश जारी भएपछि विपद्का कारण लामो समयदेखि बेपत्ता भएका व्यक्तिका परिवारले कानुनी प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *