नेपाल विद्युत प्राधिकरण लहान परिसर वनमारा घारीमा परिणत, सरसफाइमा बेवास्ता

0Shares

थाङमिचागु डटकम संवादाता
चरिकोट दोलखा

विनोद अविरल, असोज १९, सिरहा । नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रको कार्यालय परिसर यतिबेला वनमारा र झारपातले भरिएर घारीमा परिणत भएको छ। लामो समयदेखि नियमित सरसफाइ हुन नसक्दा कार्यालय परिसरका विभिन्न स्थानमा अग्ला झारपात उम्रिएका छन्।

कर्मचारी तथा सेवाग्राहीको दैनिक आवतजावत हुने कार्यालय परिसर नै अस्तव्यस्त देखिएपछि कार्यालयको सरसफाइ तथा व्यवस्थापनप्रति प्रश्न उठेको छ। विद्युतजस्तो संवेदनशील सेवा प्रदान गर्ने कार्यालय परिसरमा झारपात बढ्दै जाँदा कार्यालयको सौन्दर्यमा असर पर्नुका साथै विभिन्न किसिमका जोखिमसमेत निम्तिन सक्ने स्थानीयको भनाइ छ।

वर्षायामपछि झारपात तीव्र रूपमा बढ्ने भएकाले समयमै सरसफाइ तथा व्यवस्थापन गर्नुपर्ने आवश्यकता देखिएको छ। सेवाग्राहीहरूले कार्यालय परिसर सफा, व्यवस्थित र सुरक्षित राख्न सम्बन्धित निकायले नियमित सरसफाइको व्यवस्था गर्नुपर्ने माग गरेका छन्।

विद्युत सेवा प्रवाहसँगै कार्यालय परिसरको वातावरणसमेत स्वच्छ र व्यवस्थित राख्न प्राधिकरणले ध्यान दिनुपर्ने स्थानीयको भनाइ छ।

सम्बन्धित कार्यालयले तत्काल परिसरमा बढेका झारपात तथा वनमारा हटाएर सरसफाइ गर्नुका साथै आगामी दिनमा नियमित सरसफाइको व्यवस्था गर्नुपर्ने देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *