दार्जीलिङमा गोर्खा भारतीय जनजाति महासंघको विराट र्‍याली थामी संस्कृति एवम् विकास संघको उल्लेखनीय सहभागिता

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

दार्जीलिङ, ४ अक्टोबर । गोर्खा भारतीय जनजाति महासंघको आयोजनामा आज दार्जीलिङमा विराट र्‍याली तथा जनसभा सम्पन्न भएको छ।

गोर्खा समुदायका विभिन्न जनजातिको पहिचान, भाषा, संस्कृति, अधिकार र विकासका सवाललाई मुख्य विषय बनाइएको र्‍यालीमा विभिन्न संघ–संस्था तथा समुदायका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

र्‍यालीमा थामी संस्कृति एवम् विकास संघ, केन्द्रीय समिति दार्जीलिङले संस्थागत रूपमा सहभागिता जनाएको छ। संघका अध्यक्ष विकास थामीको नेतृत्वमा थामी समुदायका प्रतिनिधि तथा सदस्यहरू ठूलो संख्यामा सहभागी भएका थिए।

कार्यक्रममा सहभागी थामी समुदायका प्रतिनिधिहरूले आफ्नो मौलिक भाषा, संस्कार, संस्कृति तथा जनजातीय पहिचानको संरक्षण र प्रवर्द्धनका लागि सामूहिक पहल आवश्यक रहेको बताएका छन्। उनीहरूले गोर्खा समुदायभित्र रहेका विभिन्न जनजातिबीच आपसी एकता, सहकार्य र भाइचारालाई थप मजबुत बनाउँदै साझा अधिकारका सवालमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

र्‍याली तथा जनसभामा विभिन्न वक्ताहरूले जनजातीय समुदायको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासका लागि राज्य र सम्बन्धित निकायले आवश्यक कदम चाल्नुपर्ने धारणा राखेका थिए।

दार्जीलिङमा भएको उक्त विराट र्‍यालीले गोर्खा समुदायका विभिन्न जनजातिबीचको एकता र आफ्नो पहिचान तथा अधिकारका लागि सामूहिक आवाजलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *