चीनको केरुङमा समाचार संकलनका लागि गएका पत्रकार टेकराज थामी सम्पर्कविहीन !!!

0Shares

चीनको केरुङमा समाचार संकलनका लागि गएका पत्रकार टेकराज थामी सम्पर्कविहीन

११ भदौ २०८३, बिहीबार | काठमाडौं

समाचार संकलनका लागि चीनको केरुङ पुगेका नयाँ पत्रिका दैनिकका पत्रकार टेकराज थामी सम्पर्कविहीन भएको परिवारजनले जनाएका छन्।

परिवारका अनुसार समाचार संकलनका क्रममा केरुङ पुगेका पत्रकार थामीसँग केही समयदेखि सम्पर्क हुन नसकेपछि उहाँको अवस्थाबारे चिन्ता बढेको छ।

थाङ्मी समुदायका कुशल राष्ट्रिय पत्रकार तथा आदरणीय व्यक्तित्वका रूपमा परिचित थामीको खोजी तथा अवस्थाबारे आवश्यक पहल गर्न सम्बन्धित निकायसँग परिवारजनले आग्रह गरेका छन्।

परिवारजनले भुम्या देवाप्रति पूर्ण विश्वास रहेको जनाउँदै पत्रकार थामी सकुशल घर फर्किने विश्वास व्यक्त गरेका छन्।

उहाँको अवस्था र सम्पर्कविहीन हुनुको कारणबारे थप आधिकारिक विवरण प्राप्त हुन बाँकी रहेको परिवारजनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *