चीनको केरुङमा समाचार संकलनका लागि गएका पत्रकार टेकराज थामी सम्पर्कविहीन !!!
2026-08-27रसुवाको भोटेकोशी बाढीमा ६४४ तीर्थयात्री तथा पर्यटक बेपत्ता !!!
2026-08-27
Thursday, August 27, 2026
चीनको केरुङमा समाचार संकलनका लागि गएका पत्रकार टेकराज थामी सम्पर्कविहीन !!!
चीनको केरुङमा समाचार संकलनका लागि गएका पत्रकार टेकराज थामी सम्पर्कविहीन
११ भदौ २०८३, बिहीबार | काठमाडौं
समाचार संकलनका लागि चीनको केरुङ पुगेका नयाँ पत्रिका दैनिकका पत्रकार टेकराज थामी सम्पर्कविहीन भएको परिवारजनले जनाएका छन्।
परिवारका अनुसार समाचार संकलनका क्रममा केरुङ पुगेका पत्रकार थामीसँग केही समयदेखि सम्पर्क हुन नसकेपछि उहाँको अवस्थाबारे चिन्ता बढेको छ।
आङ्मी समुदायका कुशल राष्ट्रिय पत्रकार तथा आदरणीय व्यक्तित्वका रूपमा परिचित थामीको खोजी तथा अवस्थाबारे आवश्यक पहल गर्न सम्बन्धित निकायसँग परिवारजनले आग्रह गरेका छन्।
परिवारजनले भूमिया देवाप्रति पूर्ण विश्वास रहेको जनाउँदै पत्रकार थामी सकुशल घर फर्किने विश्वास व्यक्त गरेका छन्।
उहाँको अवस्था र सम्पर्कविहीन हुनुको कारणबारे थप आधिकारिक विवरण प्राप्त हुन बाँकी रहेको परिवारजनले बताएका छन्।




