रसुवाको भोटेकोशी बाढीमा ६४४ तीर्थयात्री तथा पर्यटक बेपत्ता !!!

0Shares

रसुवाको भोटेकोशी बाढीमा ६४४ तीर्थयात्री तथा पर्यटक बेपत्ता

११ भाद्र २०८३, बिहीबार

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ६४४ जना तीर्थयात्री तथा पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा १२७ जना नेपाली नागरिकसहित ३३ देशका नागरिक रहेका छन्।

बेपत्ता हुने पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। हालसम्म १७८ जना भारतीय पर्यटक सम्पर्कमा नआएको विवरण छ।

त्यस्तै, अमेरिकाका ६५, युक्रेनका ५३, मलेसियाका ५१, अस्ट्रेलियाका ३५, बेलायतका ३३ र क्यानडाका २५ जना पर्यटक बेपत्ता भएका छन्।

बाढी प्रभावित क्षेत्रमा रहेका तथा यात्रा गरिरहेका पर्यटक र यात्रुको अवस्था पहिचान गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी तथा पर्यटन व्यवसायीहरूले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।

ट्रेकिङ तथा ट्राभल एजेन्सीहरूबाट प्राप्त प्रारम्भिक विवरणका आधारमा बोर्डले ३३ देशका नागरिक सम्पर्कविहीन भएको विवरण संकलन गरेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *