भोटेकोशी बाढीमा परेका दोलखाका १३ जनाको सकुशल उद्धार ।।।

0Shares

भोटेकोशी बाढीमा परेका दोलखाका १३ जनाको सकुशल उद्धार

११ भाद्र २०८३, बिहीबार १६:५३

दोलखा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेका दोलखाका १३ जनाको सकुशल उद्धार गरिएको छ।

बाढीमा परेका उनीहरूलाई रसुवा र नुवाकोटका विभिन्न स्थानबाट उद्धार गरिएको हो। उद्धार गरिएकामध्ये दुई जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने १० जनालाई उद्धार गरी त्रिशूलीस्थित मैथिली ब्यारेकमा राखिएको जनाइएको छ।

दोलखाको भीमेश्वर नगरपालिका–४ घर भएका ४१ वर्षीय प्रहरी हवलदार राजन खत्रीलाई घाइते अवस्थामा उद्धार गरी काठमाडौं लगिएको छ। उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, दोलखाको जिरी नगरपालिका–९ घर भई हाल टिमुरे बस्दै आएका काजु तामाङलाई पनि उद्धार गरी काठमाडौं लगिएको थियो। उनी सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन्।

मैथिली ब्यारेकमा राखिएका दोलखाली नागरिकको नामावली :

  • मोहनबहादुर थापा — चरिकोट, ४५ वर्ष
  • वाङ दोर्जे तामाङ — ३२ वर्ष
  • भरत चौँलागाईं — २८ वर्ष
  • नवराज खड्का — ३० वर्ष
  • सुशील श्रेष्ठ — २८ वर्ष
  • सिमन तामाङ — ५० वर्ष
  • पास लाक्पा शेर्पा — ४० वर्ष
  • रेखकुमार मगर — ३० वर्ष
  • सुर्जा मगर — ४३ वर्ष
  • गीरबहादुर मगर — ३५ वर्ष
  • दिनेश श्रेष्ठ — ५३ वर्ष

उद्धार गरिएका सबैको अवस्था र थप विवरणबारे सम्बन्धित निकायबाट थप जानकारी आउने क्रम जारी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *