इराकमा ‘दशैँ धमाका २०८३’ आयोजना हुने !!!
2026-10-12मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09
Tuesday, October 13, 2026
नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल
ओखलढुङ्गा, ११ भदौ २०८३ । खिजिदेम्बा गाउँपालिका–६, साल्मे निवासी देवराज सुनुवार नेपालबाट पर्यटक लिएर चीनको तिब्बत जाने क्रममा सम्पर्कविहीन हुनुभएको छ।
परिवारका अनुसार बाढी जानुअघि बिहान ७:४१ बजे सुनुवारसँग फोनमा सम्पर्क भएको थियो। उक्त समयमा उहाँले पासपोर्ट भर्खरै आएको र चीनको बोर्डर कट्ने तयारीमा रहेको बताउनुभएको थियो।
त्यसपछि भने उहाँसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ। लामो समयसम्म सम्पर्कविहीन भएपछि परिवारजन चिन्तित बनेका छन्।
परिवारले स्थानीय सरोकारवाला, सुरक्षा निकाय, आफन्त तथा शुभेच्छुक सबैलाई सूचना शेयर गरी उहाँको खोजी कार्यमा सहयोग गरिदिन अनुरोध गरेको छ।
सम्बन्धित निकायलाई देवराज सुनुवारको तत्काल खोजी तथा उद्धारका लागि आवश्यक पहल गरिदिन परिवारले विनम्र आग्रह गरेको छ।





