विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार
2026-08-27नेपालबाट चीन जाने क्रममा देवराज सुनुवार सम्पर्कविहीन, खोजी तथा उद्धारका लागि परिवारको अपिल ।।।
2026-08-27
विनाशकारी बाढीबीच नेपाली सेनाद्वारा ८८३ जनाको उद्धार
थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जोखिममा परेका ८८३ जनालाई नेपाली सेनाले उद्धार गरेको छ।
अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जना मजदुर तथा स्थानीयलाई प्रतिकूल मौसम र तीव्र बाढीका बीच सेनाको टोलीले सुरक्षित रूपमा बाहिर निकालेको हो। टनेलमा अझै १०० भन्दा बढी मानिस फसेको आशंकामा उद्धार कार्य जारी रहेको जनाइएको छ।
नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर (त्रिशुली) बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा खटिएको सैन्य टोलीले टनेलभित्र उद्धार अभियान सञ्चालन गरेको हो।
यसैगरी, सी क्यू आर टी धुन्चे ब्यारेकबाट सह सेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकु वेशी लगायतका क्षेत्रबाट थप ५३३ जनालाई सुरक्षित स्थानमा सारेको छ।
बाढी र प्रतिकूल मौसमका बीच उच्च जोखिम मोलेर नेपाली सेनाले सञ्चालन गरेको उद्धार अभियानबाट ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ। उद्धार कार्य अझै जारी रहेको नेपाली सेनाले जनाएको छ।




