१०२ शव पोखरा लगियो, व्यवस्थापनमा समस्या ।।।

0Shares

१०२ शव पोखरा लगियो, व्यवस्थापनमा समस्या

१२ भाद्र २०८३, शुक्रबार

भक्तपुर । रसुवाको भोटेकोशी बाढीमा परी त्रिशूली तथा नारायणी नदी किनारका विभिन्न स्थानमा भेटिएका १०२ वटा शव पहिचान तथा परीक्षणका लागि कास्की लगिएको छ।

तनहुँ, नवलपुर, धादिङ र गोरखालगायत विभिन्न जिल्लामा फेला परेका शवहरू पहिचान तथा परीक्षणका लागि पोखरा लगिएको हो।

बिहीबार राति पूर्वी नवलपरासीबाट ४१, तनहुँबाट २३, गोरखाबाट ११ र धादिङबाट २७ वटा शव पोखरा पठाइएको बताइएको छ। ती शवको व्यवस्थापन पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ।

कास्कीमा ८८ वटा शव मात्र व्यवस्थापन गर्न सक्ने क्षमता रहेको र केही शव यसअघि नै रहेकाले थप शव व्यवस्थापनमा कठिनाइ भएको कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले बताएका छन्।

मौजुदा क्षमता भरिएकाले तत्काल थप शव राख्न सक्ने अवस्था नरहेको गुरुङले बताएका छन्। हाल रहेका शवहरू क्रमशः हस्तान्तरण वा व्यवस्थापन गरेपछि मात्र नयाँ शव स्वीकार गर्न सकिने उनको भनाइ छ।

यसैबीच, तनहुँका विभिन्न स्थानमा भेटिएका नौ वटा शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणपछि मणिपाल शिक्षण अस्पताल पठाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *