मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
भोटेकोशीमा दोलखाका एकको मृत्यु, एक बेपत्ता र ७ जना सम्पर्कमा ।।।
भोटेकोशीमा दोलखाका एकको मृत्यु, एक बेपत्ता र ७ जना सम्पर्कमा
समाचार मात्र.कम | १० भदौ २०८३
रसुवा । भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा परी दोलखाका एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। बाढीमा परेका अन्य ७ जना भने सम्पर्कमा रहेको जनाइएको छ।
दोलखाको भीमेश्वर नगरपालिका–४ जिलुका वडाध्यक्ष तारानाथ चौलागाईंका अनुसार भोटेकोशीमा आएको बाढीबाट दोलखाका ९ जना प्रभावित भएका थिए।
बाढीले सवारीसाधनसमेत डुबाएपछि सवारीधनी सुदर्शन चौलागाईंको मृत्यु भएको वडाध्यक्ष चौलागाईंले जानकारी दिए। यस्तै, प्रहरी हवल्दार कृष्ण श्रेष्ठ अझै सम्पर्कविहीन रहेको बताइएको छ।
बाढीपछि भोटेकोशी नदी आसपासको क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ। घटनाको थप विवरण आउन बाँकी रहेको छ।





