गोसाइँकुण्ड जाँदै गरेको बस सम्पर्कविहीन, ३४ तीर्थयात्री बेपत्ता ।।।

0Shares

गोसाइँकुण्ड जाँदै गरेको बस सम्पर्कविहीन, ३४ तीर्थयात्री बेपत्ता

थाङ्मीचागु डटकम | १० भदौ २०८३, बुधबार

काठमाडौं । रसुवाको गोसाइँकुण्ड दर्शनका लागि तीर्थयात्री बोकेर गएको बस सम्पर्कविहीन भएको छ। बसमा सवार ३४ जना तीर्थयात्री सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

गोरखाको पालुङटार नगरपालिका–४ र ५ का तीर्थयात्री बोकेर गोसाइँकुण्डतर्फ गएको ग २ ख ११५२ नम्बरको बस बुधबार बिहानदेखि सम्पर्कविहीन भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार बसमा ३८ जना यात्रु सवार थिए। तीमध्ये ३४ जना सम्पर्कविहीन छन् भने चार जना सम्पर्कमा आएका छन्।

प्रहरीका अनुसार सम्पर्कमा आएका चार जना बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएका हुन्। उनीहरूसँग आवश्यक सोधपुछ तथा विवरण लिने काम भइरहेको जनाइएको छ।

तीर्थयात्रीसँगै गएको दुई वटा माइक्रोबस भने सम्पर्कमा रहेको प्रहरीले जनाएको छ।

सम्पर्कविहीन तीर्थयात्रीको खोजी तथा उद्धारका लागि प्रहरीसहित सम्बन्धित निकायले प्रयास गरिरहेको जनाइएको छ।

घटनाबारे थप विवरण आउन बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *