गोसाइँकुण्ड जाँदै गरेको बस सम्पर्कविहीन, ३४ तीर्थयात्री बेपत्ता ।।।
2026-08-26भोटेकोशीमा दोलखाका एकको मृत्यु, एक बेपत्ता र ७ जना सम्पर्कमा ।।।
2026-08-26
बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको छलफल !!!
बाढी प्रभावित क्षेत्रका सांसदसँग प्रधानमन्त्री शाहको छलफल
थाङ्मीचागु डटकम | भदौ १०, २०८३
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका सङ्घीय सांसदहरूसँग छलफल गरेका छन्।
बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसदहरूले बाढीबाट भएको क्षति, प्रभावित बस्तीको अवस्था तथा उद्धार र राहतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।
सांसदहरूले प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले सरकार नागरिकको सुरक्षा र राहतका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउँदै प्रभावित तथा जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जानकारी गराए।
यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमार्फत बाढी प्रभावित क्षेत्रको अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे जानकारी लिएका थिए।
सरकारले बाढीग्रस्त क्षेत्रमा सुरक्षा निकाय परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।




