मलेसियामा न्यूनतम तलब २ हजार रिंगेट पुग्ने, नेपाली श्रमिक पनि लाभान्वित हुने ।।।
2026-10-09तीन अध्यादेशका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय
2026-10-07
Sunday, October 11, 2026
त्रिशूली नदीमाथिका पुलमा बाढीको भीषण क्षति ।।।
त्रिशूली नदीमाथिका पुलमा बाढीको भीषण क्षति
थाङ्मीचागु डटकम | १० भदौ २०८३, बुधबार
काठमाडौं । त्रिशूली नदीमा आएको भीषण बाढीका कारण नदीमाथिका विभिन्न पुलहरूमा ठूलो क्षति पुगेको छ।
बाढीको तीव्र बहावका कारण केही पुलमा क्षति पुगेको तथा कतिपय संरचना बगाएको जनाइएको छ। पुलहरूमा क्षति पुगेपछि नदी आसपासका बस्ती र सडक सञ्जालसँगको आवागमन प्रभावित भएको छ।
बाढीपछि त्रिशूली नदी आसपासको अवस्था जोखिमपूर्ण बनेको छ। स्थानीयवासीलाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढीबाट पुल तथा अन्य भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण भने आउन बाँकी रहेको छ।





