मलेसियाको जोहोरबारुमा इलामकी मञ्जु तामाङ मृत फेला, हत्या भएको आशंका
2026-07-07श्रम संस्कृतिको ऐतिहासिक अभियान अढाई महिनामै निर्माण भएको दार्चुला झोलुङ्गे पुल उद्घाटन सम्पन्न, विकासको वैकल्पिक मोडलको सशक्त उदाहरण !!!
2026-07-02निको आथाङ तुनमुन समाजको भर्चुअल बैठकमा सहभागी हुन संस्थापक अध्यक्ष पल ठान्टी थाङ्मीको हार्दिक आह्वान
2026-07-01
NRNA जोहरद्वारा दीपावली विशेष देउसी–भैलो सांस्कृतिक धमाका हुने ।
NRNA जोहरद्वारा दीपावली विशेष देउसी–भैलो सांस्कृतिक धमाका हुने ।
२५ असोज शनिबार २०८२
थाङ्मीचागु डटकम | जोहोरबारु, मलेसिया — शुभ दीपावली २०८२ को पावन अवसरमा गैर आवासीय नेपाली संघ (NRNA) क्षेत्रीय समिति जोहरले बिदेशी भूमिमा नेपाली संस्कृति झल्किने भव्य देउसी–भैलो सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
कार्यक्रम आगामी अक्टोबर १९, २०२५ (आइतबार) का दिन बेलुकी ७:०० बजेदेखि १०:०० बजेसम्म सुमन रेस्टुरेन्ट एन्ड फेन्सी पसल, आई–पार्क गेलाङ पत्ता, जोहरमा भव्य रूपमा सम्पन्न हुने जानकारी प्राप्त भएको छ।
संघका पदाधिकारीहरूका अनुसार, मलेसियामा रहेका नेपालीहरूबीच संस्कार, संस्कृति र चाडपर्वको मौलिकता जगेर्ना गर्दै आपसी एकता, भाइचाराको भावना र सांस्कृतिक सम्पर्क सुदृढ गर्न यो कार्यक्रम आयोजना गरिएको हो।
दीपावलीको सन्दर्भमा हुने यस विशेष कार्यक्रममा सांस्कृतिक प्रस्तुति, देउसी–भैलो नृत्य, संगीत तथा मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गरिने छन्।
NRNA जोहरका प्रतिनिधिहरूका भनाइ अनुसार,
“हाम्रो धर्म, संस्कार र संस्कृति परम्परा विदेशी भूमिमा रहेर पनि निरन्तर संरक्षण र सम्बर्द्धन गर्न यो देउसी–भैलो कार्यक्रमले महत्वपूर्ण सन्देश दिनेछ।”
कार्यक्रममार्फत NRNA जोहरले सम्पूर्ण नेपाली समुदायमा दीपावलीको हार्दिक शुभकामना व्यक्त गर्दै, सुसंस्कारयुक्त एकताको सन्देश प्रवाह गर्ने लक्ष्य लिएको छ।
थाङ्मीचागु डटकम परिवारको तर्फबाट पनि सम्पूर्ण नेपाली समुदायमा शुभ दीपावली २०८२ को मंगलमय शुभकामना!




