जोहोर बारुमा भव्य रूपमा ‘चासोक तङ्नाम २०२६’ मनाइने ।।।

4Shares

जोहोर बारुमा भव्य रूपमा ‘चासोक तङ्नाम २०२६’ मनाइने

संवाददाता थाङ्मीचागु डटकम २०८३ कात्तिक २८ गते, शनिबार (१४ नोभेम्बर २०२६)

जोहोर बारु, मलेसिया। किराती लिम्बू समुदायको महान् सांस्कृतिक पर्व चासोक तङ्नाम (न्वागी पूजा) २०८३/२०२६ को अवसरमा किरात याक्थुङ चुम्लुङ शाखा जोहोर, मलेसियाले भव्य सांस्कृतिक तथा शुभकामना आदानप्रदान समारोह आयोजना गर्ने भएको छ।

“हाम्रो भाषा, धर्म, संस्कार र संस्कृति हाम्रो पहिचान; यसको संरक्षण र प्रवर्द्धन गर्ने हाम्रो साझा अभियान” भन्ने मूल नारासहित आगामी डिसेम्बर १३ तारिख आइतबार जोहोर बारुस्थित जो होटल (Jo Hotel) मा उक्त समारोह आयोजना हुन लागेको हो।

आयोजक संस्थाका शाखा अध्यक्ष हरि वाजि लिम्बूका अनुसार प्रवासमा रहेर पनि आफ्नो मौलिक भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्दै नयाँ पुस्तामा सांस्कृतिक पहिचान हस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो।

शाखाका सचिव ज्वाला लिम्बूका अनुसार कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ। समारोहमा परम्परागत चासोक (न्वागी) पूजा, येबा तथा फेदाङ्माद्वारा विशेष मुन्धुम वाचन, मौलिक केलाङ (च्याब्रुङ नाच) र याःलाङ (धान नाच) प्रस्तुत गरिनेछ। यसका साथै स्थानीय तथा आमन्त्रित कलाकारहरूको साङ्गीतिक र सांस्कृतिक प्रस्तुति पनि रहनेछ।

चासोक तङ्नाम किराती लिम्बू समुदायको मौलिक परम्परा, प्रकृतिप्रतिको सम्मान र नयाँ अन्नबालीप्रति कृतज्ञता व्यक्त गर्ने महत्वपूर्ण सांस्कृतिक पर्वका रूपमा मनाइन्छ। यस पर्वले समुदायबीच आपसी एकता, सद्भाव र सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउने विश्वास गरिएको छ।

मलेसियामा रहेका नेपाली समुदायबीच आपसी सद्भाव र सांस्कृतिक पहिचानको संरक्षणमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको उक्त समारोहमा जोहोर तथा आसपासका क्षेत्रमा कार्यरत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, विभिन्न संघ–संस्थाका प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी तथा सञ्चारकर्मीहरूलाई उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।

कार्यक्रम विवरण

  • कार्यक्रम: चासोक तङ्नाम (न्वागी पूजा) २०८३/२०२६ विशेष सांस्कृतिक समारोह
  • आयोजक: किरात याक्थुङ चुम्लुङ शाखा जोहोर, मलेसिया
  • मिति: १३ डिसेम्बर २०२६, आइतबार
  • समय: बिहान ११:०० बजेदेखि
  • स्थान: जो होटल (Jo Hotel), जोहोर बारु, मलेसिया

थप जानकारी तथा सम्पर्क

  • हरि वाजि लिम्बू — अध्यक्ष: +60 14-502 7532
  • ज्वाला लिम्बू — सचिव: +60 11-2958 0832

थाङ्मीचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *