मलेसियामा १९ वर्षीया महिला सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोपमा नेपाली कामदार पक्राउ !!!

0Shares

मलेसियामा १९ वर्षीया महिला सहकर्मीमाथि यौन दुर्व्यवहारको आरोपमा नेपाली कामदार पक्राउ

क्वालालम्पुर, मलेसिया | थाङ्मीचागु डटकम

मलेसियाको जोहोर राज्यमा १९ वर्षीया महिला सहकर्मीमाथि यौन दुर्व्यवहार गर्ने उद्देश्यले आपराधिक बल प्रयोग गरी जबर्जस्ती गर्न खोजेको आरोपमा २९ वर्षीय नेपाली नागरिक खड्क सिंह ठगुन्ना पक्राउ परेका छन्।

मलेसियाली सञ्चारमाध्यममा प्रकाशित विवरणअनुसार, घटना अक्टोबर २३, २०२६ मा दिउँसो करिब १२ः४० बजे जोहोर राज्यको श्री गाडिङ औद्योगिक क्षेत्रमा रहेको एक इलेक्ट्रोनिक्स कारखानामा भएको आरोप छ। पीडित महिला कार्यस्थलको विश्राम कक्षमा आराम गरिरहेका बेला आरोपित उनीनजिक पुगेको र त्यस क्रममा महिला आत्तिएको तथा डराएको जनाइएको छ।

घटनाबारे प्रहरीमा उजुरी परेपछि प्रहरीले अक्टोबर २४ को राति करिब ९ः५० बजे क्लुआङस्थित विदेशी कामदार बस्ने एक होस्टलबाट ठगुन्नालाई पक्राउ गरेको विवरणमा उल्लेख छ।

रोजगारीका लागि करिब तीन महिनाअघि मात्रै मलेसिया आएका ठगुन्नालाई उक्त घटनासम्बन्धी आरोपमा मजिस्ट्रेट अदालतमा उपस्थित गराइएको जनाइएको छ।

उक्त घटनामा आरोप पुष्टि भइसकेको विवरण उपलब्ध नभएकाले उनलाई आरोपितका रूपमा बुझ्न आवश्यक छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *