नेपाल थामी समाज मलेसियाद्वारा दिवंगत सरस थामीको परिवारलाई १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण !!!
2026-11-15प्रधानमन्त्री शाहको भारत भ्रमणमा पञ्चेश्वर आयोजना र हवाई रुट प्रमुख एजेन्डा ।।।
2026-11-15
प्रधानमन्त्री शाहको भारत भ्रमणमा पञ्चेश्वर आयोजना र हवाई रुट प्रमुख एजेन्डा ।।।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा पञ्चेश्वर आयोजना र हवाई रुट प्रमुख एजेन्डा
२९ कार्तिक २०८३, आइतबार
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाहको आगामी भारत भ्रमणका क्रममा लामो समयदेखि चर्चामा रहेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना र नेपालको अन्तर्राष्ट्रिय हवाई रुट विस्तार प्रमुख एजेन्डाका रूपमा उठ्ने भएका छन्।
प्रधानमन्त्री शाह नोभेम्बर २२ देखि २५ सम्म भारत भ्रमणमा जाने तयारी भइरहेको छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने द्विपक्षीय वार्तामा नेपाल–भारत सम्बन्ध, आर्थिक सहयोग, ऊर्जा, व्यापार तथा पारवहन, सीमा व्यवस्थापन र पूर्वाधार विकासका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
नेपालले लामो समयदेखि माग गर्दै आएको भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश मार्ग उपलब्ध गराउने विषयलाई पनि प्राथमिकताका साथ उठाउने तयारी गरेको छ। उपयुक्त हवाई मार्गको अभावले दुवै विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तारमा कठिनाइ हुँदै आएको छ।
त्यसैगरी, सन् १९९६ को महाकाली सन्धिअन्तर्गत अघि बढाइएको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा देखिएका समस्या समाधान गरी निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ।
यसका अतिरिक्त बाढीपहिरोबाट प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि भारतीय आर्थिक सहयोग, ऊर्जा सहकार्य, व्यापार तथा पारवहन व्यवस्था र नेपाल–भारत सीमा विवादका विषयसमेत भ्रमणको महत्त्वपूर्ण एजेन्डामा रहनेछन्।
दुई देशबीच लामो समयदेखि छलफल हुँदै आएका विषयलाई ठोस उपलब्धिमा रूपान्तरण गर्ने अवसरका रूपमा प्रधानमन्त्री शाहको भारत भ्रमणलाई हेरिएको छ।
थाङ्मीचागु डटकम | सत्य, तथ्य, निष्पक्ष खबर




