नेपाल थामी समाज मलेसियाद्वारा दिवंगत सरस थामीको परिवारलाई १ लाख २५ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण !!!
2026-11-15प्रधानमन्त्री शाहको भारत भ्रमणमा पञ्चेश्वर आयोजना र हवाई रुट प्रमुख एजेन्डा ।।।
2026-11-15
दुर्घटनाको जोखिम बढेपछि काठमाडौँ–हेटौँडा सडकमा रातिको समयमा सार्वजनिक सवारी सञ्चालनमा रोक ।।।
दुर्घटनाको जोखिम बढेपछि काठमाडौँ–हेटौँडा सडकमा रातिको समयमा सार्वजनिक सवारी सञ्चालनमा रोक
२९ कार्तिक २०८३, शनिबार
भक्तपुर । सवारी दुर्घटनाको जोखिम बढ्दै गएपछि दक्षिणकाली हुँदै जाने काठमाडौँ–हेटौँडा सडक खण्डमा रातिको समयमा यात्रुवाहक सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै यात्रुवाहक सार्वजनिक सवारीसाधनका लागि चारबुँदे निर्देशन लागू गरेको हो।
निर्देशनअनुसार काठमाडौँबाट बल्खु–दक्षिणकाली हुँदै हेटौँडा जाने यात्रुवाहक सार्वजनिक सवारीसाधन बेलुका ८ बजेसम्म फर्पिङस्थित प्रहरी चेकपोस्ट पुगिसक्नुपर्नेछ। त्यस्तै, बिहान ५ बजेपछि मात्र उक्त सडक खण्डमा यात्रुवाहक सार्वजनिक सवारी सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।
प्रशासनले सवारीसाधनको अवस्था पूर्ण रूपमा जाँच गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। साँघुरो सडक र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै यात्रुको सुरक्षाका लागि यस्तो व्यवस्था गरिएको जनाइएको छ।





