कीर्तिपुरमा सरकारी भवन पुनर्निर्माण अभियान: स्वतन्त्र स्वयंसेवक अभियान र स्थानीय टिमको साझा पहल

0Shares

कीर्तिपुरमा सरकारी भवन पुनर्निर्माण अभियान: स्वतन्त्र स्वयंसेवक अभियान र स्थानीय टिमको साझा पहल

थाङमिचागु डटकम संवाददाता

असोज २१, कीर्तिपुर — आज “स्वतन्त्र स्वयंसेवक अभियान” टिम, राजमान मानवको टिम र हर्क साम्पाङको टिमले संयुक्त रुपमा कीर्तिपुरको प्रहरी चौकीमा सरसफाइ, पुनर्निर्माण तथा रङरोगन अभियान सञ्चालन गरेका छन्।

स्वतन्त्र स्वयंसेवक अभियानले सरकारी भवनहरूको संरक्षण, मर्मत र पुनर्निर्माण मार्फत सामाजिक उत्तरदायित्व र राष्ट्रिय सम्पदाको सुरक्षा सुनिश्चित गर्न उद्देश्य लिएको छ। हालैका Gen-Z आन्दोलनका घटनाक्रमले सरकारी संरचनामा क्षति पुर्‍याएको सन्दर्भमा यस अभियानले राष्ट्रिय सम्पदाको पुनःस्थापना र सरसफाइलाई प्राथमिकता दिएको छ।

मुख्य गतिविधिहरूमा समावेश छन्:

जलेका/क्षतिग्रस्त सरकारी भवनको सरसफाइ

पर्खाल, ढोकामा रंगरोगन र मर्मत

पुनर्निर्माणमा पर्यावरणमैत्री सामग्रीको प्रयोग

स्थानीय तह र सम्बन्धित निकायसँग सहकार्य


अभियानले युवाहरूलाई स्वयंसेवकको रूपमा परिचालन, भ्रष्टाचारविरुद्ध सचेतना, सामाजिक एकता र सद्भाव प्रवर्द्धन गर्ने कार्यमा पनि जोड दिएको छ।

स्वयंसेवक वा सहयोगीहरू यस अभियानमा सहभागी भई रंग, ब्रश, सरसफाइ सामग्री वा आर्थिक सहयोग प्रदान गर्न सक्नेछन्। साथै, सामाजिक सञ्जालमार्फत अभियानको प्रचार गर्न पनि आम नागरिकलाई आह्वान गरिएको छ।

आयोजक: स्वतन्त्र स्वयंसेवक अभियान
मिडिया संयोजन: Global Online Television, KTM Nagarik Aawaj, Nepal Explores, Samasti Nepal, Suchana Chautari, Thangmichagu.com

देश हामी सबैको हो – पुनर्निर्माणमा हातेमालो गरौं। म मेरो देशका लागि काम गर्छु।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *