ओलीले संसदीय दलको बैठक बोलाए

0Shares

ओलीले संसदीय दलको बैठक बोलाए

थाङ्मीचागु डटकम सम्बादाता

काठमाडौँ, मङ्गलबार, १५ असोज २०८१ – नेकपा एमालेले केन्द्रीय सचिवालय र संसदीय दलको छुट्टाछुट्टै बैठक बोलाएको छ। सचिवालयको बैठक ११ बजे बसेरा होटलमा र संसदीय दलको बैठक सिंहदरबारमा १२ बजे बस्ने बताइएको छ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अमेरिका भ्रमणका अनुभवहरू, देशमा हालै आएको बाढीपहिरोका कारण भएको क्षति, राहत तथा उद्धार कार्यको प्रगति, र पुनर्निर्माणका विषयमा आवश्यक निर्देशन दिनेछन्।

संसदीय दलको बैठकमा बाढीपीडितहरूको राहतका लागि सांसदहरूको पारिश्रमिकबाट केही रकम राहत कोषमा जम्मा गर्ने प्रस्ताव पनि आउनसक्ने एक सांसदले जानकारी दिएका छन्।

सचिवालयको बैठकमा सिंहदरबार नजिक रहेको एमाले केन्द्रीय कार्यालयमा क्षति पुगेपछि बसेरा होटलमा स्थानान्तरण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *