थामी धर्म, संस्कार, संस्कृति तथा कर्मकाण्ड संरक्षणमा महत्वपूर्ण योगदान : दुईदिने ‘थामी मड्धुङ्ग सिलोखे पालोखे’ प्रशिक्षण सम्पन्न !!!
2026-06-14विगु गाउँपालिकाद्वारा थामी र तामाङ मातृभाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक तयारी सम्पन्न ।।।
2026-06-14
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना”
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना”
मङ्गलबार १५ असोज २०८१
थाङ्मीचागु डटकम सम्बादाता
देशभर अहिले मनसुनी वायुको प्रभाव जारी रहेको छ। भारतको मध्य प्रदेशमा रहेको न्यून चापीय प्रणालीले नेपालमा आंशिक असर पुर्याएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल कोशी, मधेस, र वाग्मती प्रदेशमा आंशिकदेखि साधारणतया बादल लाग्ने देखिएको छ भने बाँकी प्रदेशमा आंशिक बदलीसहित मौसम मुख्यतया सफा रहने अपेक्षा गरिएको छ।
आज दिउँसो कोशी, वाग्मती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि साधारणतया बदली रहँदा केही स्थानमा हल्कादेखि मध्यम वर्षा र चट्याङ्गको सम्भावना छ। बाँकी भूभागमा भने मौसम प्राय: सफा नै रहने अनुमान गरिएको छ।
राति पनि कोशी, वाग्मती, र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहन सक्ने र केही स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ।




