७१ औँ प्रहरी दिवसमा अमर प्रहरीप्रति श्रद्धाञ्जली गृहमन्त्री सुधन गुरुङद्वारा सम्बोधन
2026-10-16दोलखाको लापिलाङमा दोलखा जिल्ला पुरुष फुटबल प्रतियोगिता सुरु
2026-10-16
अविरल वर्षाका कारण राष्ट्रिय शोक, तीन दिनसम्म झण्डा आधा झुकाइने
तिन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने मन्त्रिपरिषद्को निर्णय
थाङ्मीचागु डटकम सम्बादाता
काठमाडौं, असोज १५ – सरकारले असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति दुःख प्रकट गर्दै राष्ट्रिय शोकको घोषणा गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्किएलगत्तै सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको हो।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको सूचनामा, “संवत २०८१ असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको जनधनको अपूरणीय क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख प्रकट गर्दै राष्ट्रिय शोक घोषणा गर्ने र ३ दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउने” मन्त्रिपरिषद्को निर्णय रहेको उल्लेख छ।
अविरल वर्षापछि आएको बाढी र पहिरोले हालसम्म २०९ जनाको मृत्यु भएको छ भने २९ जना अझै बेपत्ता छन्। प्रभावित क्षेत्रमा काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, मकवानपुर, धादिङ, सिन्धुली, र रामेछाप मुख्य छन्।





