भूकम्प गएको ११ वर्ष पछि विद्यालय भवन पुनर्निर्माण हुने
2026-06-13नेपाल थामी समाज मलेसियाको उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ ऐतिहासिक रूपमा सम्पन्न
2026-06-09नेपाल थामी समाज मलेसियाको उभौली भुम्या पूजा तथा वार्षिक उत्सव–२०२६ ऐतिहासिक रूपमा सम्पन्न
2026-06-08
भूकम्प गएको ११ वर्ष पछि विद्यालय भवन पुनर्निर्माण हुने

भारतीय सरकारको सहयोगमा भूकम्प गएको ११ वर्ष पछि विद्यालय भवन पुनर्निर्माण हुने
दोलखा। २०८३ जेठ ३०
भारत सरकारको आर्थिक सहयोगमा दोलखा जिल्ला बिगु गाउँपालिका वडा नम्बर ८ मा रहेको श्री हिमालय माध्यमिक विद्यालय खोपाचागुमा १३ कक्षा कोठा र अन्य प्रशासनिक कोठा सहित १८ कोठाको विद्यालय भवन निर्माण हुने भएको छ । विसं २०७२ सालमा गएको विनाशकारी भूकम्प पश्चात विद्यालय पुनर्निर्माण गर्ने क्रममा नर्वे सरकारको आर्थिक सहयोग र ग्रामीण विकास टुकी संघ, दोलखा, सिविन नेपालको करिब १ करोड ६० लाख आर्थिक सहयोगमा १६ कोठाको भूकम्प प्रतिरोधी विद्यालय भवन निर्माण गरिएको थियो। बाल कक्षादेखि कक्षा १२ सम्म पढाइ हुने उक्त विद्यालयमा विद्यार्थी सङ्ख्या अनुसार कक्षाकोठाको अपुग भएपछि तत्कालीन विद्यालय व्यवस्थापन समिति लगायतको पहलमा जिल्ला पुन: निमाण कार्यालय र शिक्षा विकास समन्वय एकाइ सहित शिक्षा विभागमा थप कक्षाकोठाको माग गरिएको उक्त तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जाङबो शेर्पाले जानकारी दिनुभएको छ ।

विक्रम सम्वत २०७८ साल असार महिनामा तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जाङबु शेर्पाले जिल्ला पुनर्निर्माण कार्यालय दोलखा, शिक्षा विकास तथा समन्वय इकाइ दोलखामा थप कक्षा कोठा निर्माण गरिदिन हुन लिखित निवेदन दिएका थिए। उक्त क्रममा जिल्ला पुनर्निमाण कार्यालयले विद्यालयको भवन निर्माणको लागि सकारात्मक रहेको र चिनिया राजदत्तवास तथा भारतीय राजदुतावास लगायतका सहयोगी संस्थाहरूमा भवन निर्माणको लागि पहल गरिने आश्वासन दिएको कुरा बताउनुभएको छ ।विक्रम सम्वत् २०७९ कार्तिकमा जिल्ला पुनर्निर्माण कार्यालय दोलखाबाट विद्यालयको विद्यालय स्थलगत अवलोकन भ्रमण गरी प्रतिवेदन समेत तयार पारी केन्द्रमा पठाइएको थियो ।

तत्पश्चात् २०८१ सालमा भारती राजदूतावासका engineer हरू र शिक्षा विकासका समन्वय इकाईका प्रमुख शंकर बाबु श्रेष्ठ सहितको टोलीले प्रारम्भिक सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन तयार गरी शिक्षा विभागमा पठाएको थाहा हुन आएको छ। तत्पश्चात भवन निर्माणको लागि भारतीय राजदुतावासले जिम्मा लिएर २०८१ सालमै विद्यालय निर्माणको अन्तिम डिपिआर तयार पारी ठेक्का प्रक्रिया मार्फत निर्माण व्यवसायीलाई भवन निर्माण गर्न प्रक्रिया अगाडि बढाइएको जनाइएको छ। १३ कक्षा कोठा र अन्य प्रशासनिक कक्षाकोठा गरी जम्मा १८ वटा कोठाहरू निर्माण गरिने भएको छ । उक्त भवनको सम्पूर्ण सुविधाहरू ( शौचालय, खानेपानी) भवन भित्रै हुनेछन् । निर्माणको लागत भन्ने खुलाइएको छैन। भवन निर्माण कार्य सम्पन्नपछि पुरानो १६ र नयाँ कोठा गरी जम्मा ३४ कोठाको प्रर्याप्त विद्यालय भवन हुनेछन् ।




