क्यानडामा सैन्य अभ्यासका क्रममा भीषण आगलागी, ४ सैनिकको मृत्यु, ३९ घाइते

0Shares

क्यानडामा सैन्य अभ्यासका क्रममा भीषण आगलागी, ४ सैनिकको मृत्यु, ३९ घाइते

भक्तपुर । क्यानडाको अल्बर्टास्थित वेनराइट सैनिक अखडामा सैन्य अभ्यासका क्रममा भएको भीषण आगलागीमा परी चार जना सैनिकको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन्।

ग्रिनेड लन्चर प्रहारको अभ्यास भइरहेका बेला सुरु भएको आगो तीव्र हावाका कारण अनियन्त्रित भई प्रशिक्षण क्षेत्रभर फैलिएको थियो। घटनालगत्तै उद्धार टोलीले घाइते सैनिकहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको थियो। घाइतेमध्ये २७ जनाको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

सैनिक प्रहरी समूहकी कमान्डर ब्रिगेडियर जनरल भेनेसा हानराहनका अनुसार जोखिमपूर्ण भूगोल र तीव्र हावाका कारण आगो नियन्त्रणमा लिन कठिनाइ भएको थियो।

दुर्घटनामा तेस्रो बटालियन, प्रिन्सेस प्याट्रिसियाज क्यानडियन लाइट इन्फेन्ट्रीको चार्ली कम्पनीका सैनिकहरू परेका थिए। उनीहरू लाट्भियामा हुन लागेको आगामी सैन्य तैनाथीको तयारीस्वरूप अभ्यासमा सहभागी भएका थिए।

अन्तर्राष्ट्रिय सैन्य तैनाथीको तयारीमा रहेका सैनिकहरू आफ्नै तालिम केन्द्रमा भएको यस दुःखद घटनाबाट प्रभावित भएका छन्। घटनाबारे थप अनुसन्धान तथा क्षतिको विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

थामीचागु डट कम

सम्पादक: मे हाङ ठान्टी

Leave a Reply

Your email address will not be published. Required fields are marked *