लापिलाङ युवा सञ्जाल कप २०८३ को उपाधि कालिन्चोक अल स्टारलाई

0Shares

थाङमिचागु डटकम संवाददाता
चरिकोट दोलखा

दोलखा। लापिलाङ युवा सञ्जालद्वारा आयोजित लापिलाङ युवा सञ्जाल कप–२०८३ को उपाधि कालिन्चोक अल स्टारले जितेको छ। फाइनल खेलमा ड्रिम टिम सिंगटीलाई पराजित गर्दै कालिन्चोक अल स्टार प्रतियोगिताको विजेता बनेको हो।

प्रतियोगितामा ड्रिम टिम सिंगटी उपविजेता बनेको छ। त्यस्तै, चिलङ्खा युवा क्लब र भीमेश्वर युवा क्लब सेमिफाइनलसम्म पुग्न सफल भएका छन्।

स्थानीयस्तरमा फुटबल खेलको विकास, युवा खेलाडीको प्रतिभा पहिचान तथा खेलकुदमार्फत युवाबीच एकता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

प्रतियोगिताले स्थानीय खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै युवालाई खेलकुदप्रति आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतियोगिताको आयोजक लापिलाङ युवा सञ्जाल परिवार रहेको छ।

थाङमिचागु डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *